निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन गर्न पाउने गरी विधेयक दर्ता

8.2k Shares

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने गरी सरकारले प्रतिनिधिसभामा विधेयक दर्ता गराएको छ । अहिले प्राधिकरणले सेवा प्रदायक र नियामक दुवैको रूपमा काम गर्दा स्वार्थ बाझिएको र हवाई सुरक्षामा प्रश्न उठेको भन्दै सरकारले प्राधिकरण टुक्राउने गरी संसद्मा विधेयक दर्ता गरेको हो ।

विधेयक जारी भएपछि अहिलेको नेपाल नागरिक उड्डयन प्राधिकरण सेवा प्रदायक र नियामक गरी दुई वटा निकाय हुनेछ । युरोपेली युनियन (ईयू) ले नेपाली जहाजलाई सुरक्षा सूचीमा राखेर युरोपभर उडान प्रतिबन्ध लगाउनुको एउटा कारण नागरिक उड्डयन प्राधिकरणको संरचना पनि रहेको थियो । अब ईयूले नेपाललाई सुरक्षा सूचीबाट हटाउने सम्भावना पनि बढेको छ ।

नयाँ विधेयकमा सरकारको स्वीकृति लिएर निजी क्षेत्रले पनि आवश्यकता अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सञ्चालन गर्न सक्ने व्यवस्था छ । विधेयकमा निजी क्षेत्रलाई विमानस्थल भाडामा दिनेदेखि व्यक्तिगत रूपमा जहाज दर्ता गर्न पाइनेसम्मको प्रस्ताव उल्लेख छ । विधेयकले सरकारको स्वीकृतिमा कुनै सरकारी वा गैरसरकारी निकाय वा प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई करार सम्झौता गरी विमानस्थलको सञ्चालन तथा व्यवस्थापन गर्न दिन सक्ने व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार