9.7k
Shares
काठमाण्डाै – महोत्तरीमा एक जना युवतीको विभत्स हत्या भएको छ । गौशाला नगरपालिका वडा नम्बर ८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरेर हत्या भएको हो ।
खुश्बुको शव गौशाला नगरपालिका वडा नम्बर ५ को खेतमा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवारले जानकारी दिनुभयाे । प्रहरीले घटनाबारे अनुसन्धान थालेकाे छ ।