8k
Shares
विश्व। अमेरिकाले करको नयाँ दर लागू गरेपछि क्यानडाले पनि अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ । अमेरिकाले आजदेखि क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाएपछि क्यानडाले पनि अमेरिकी सामानमा उस्तै कर लगाएको प्रधानमन्त्री जस्टिन ट्रुडोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमले पनि अमेरिकामाथि त्यस्तै प्रकारको कर लगाउने बताउनुभएको बीबीसीले जनाएको छ । चीनले व्यापार युद्धमा कसैले नजित्ने भन्दै विश्व व्यापार सङ्गठनमा मुद्दा दायर गर्ने बताएको छ ।