क्यान, खेलाडी र नेपाली समर्थकलाई मोन्टी देसाईको धन्यवाद

9.8k Shares

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट बिदा हुनुभएका मोन्टी देसाईले क्यान, खेलाडी, नेपाली समर्थक सबैलाई धन्यवाद दिनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले उहाँको करार नवीकरण नगर्ने निर्णय लिएपछि देसाईको कार्यकाल समाप्त भएको हो ।

देसाईले आज सामाजिक सञ्जालमार्फत नेपाल आफ्नो ‘घरबाहिरको घर’ भन्दै यो गुड बाई नभइ हार्दिक धन्यवाद रहेको बताउनुभएको छ । उहाँले बितेका दुई वर्ष आफ्ना लागि अविस्मरणीय, मनमोहक र साझा कोशेढुङ्गाले भरिएको उल्लेख गर्नुभएको छ ।

क्यानले हिजो भारतीय प्रशिक्षक देसाईको सम्झौता नवीकरण नगर्ने जनाएको थियो । देसाई २०७९ साल माघमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो ।

देसाईको प्रशिक्षणमा नेपालले एकदिवसीय मान्यता जोगाउनेदेखि एशिया कपमा पहिलो पटक भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग खेल्ने मौका पाएको थियो । यस्तै नेपालले १० वर्षपछि आईसीसी टी–२० विश्वकप क्रिकेट खेलेको थियो ।

सम्बन्धित समाचार