9.6k
Shares
लमजुङ– बजेट अभावले लमजुङ दरबार पुनर्निर्माण अझै सम्पन्न हुन सकेको छैन । समुद्री सतहबाट एक हजार चार सय ४५ मिटर उचाइमा रहेको सो दरबार १६औँ शताब्दीमा बनेको बताइएको छ । पुरातत्व विभागले शाहवंशीय राजाको उद्गमस्थल मानिएको लमजुङ बेँसीसहर नगरपालिका– ३ गाउँसहरस्थित सो दरबार तीन वर्षदेखि पुनर्निर्माण थालेको थियो ।
विभागका इञ्जिनियर गोविन्द अधिकारीका अनुसार निर्माण थालनी गरेको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा निर्माण सम्पन्न हुन नसकेको हो ।