9k
Shares
काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको क्षेत्रमा देखिएका समस्या दीर्घाकालीन रूपमा समाधान गर्न मन्त्रालय कटिबद्ध रहेको बताएका छन् ।
मन्त्रालयमा आज काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा केयुकेएल कर्मचारी ट्रेड युनियनसँगको छलफल तथा बैठकमा उनले भने, ‘खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालय आफ्नो क्षेत्रबाट लागिपरेको छ, आम नागरिकले सहजरुपमा खानेपानीको प्रयोग गर्न सक्ने गरी खानेपानीको व्यवस्थापन गरौँ ।’
सोही क्रममा मन्त्री यादवले काठमाडौँ उपत्यकामा सहज रूपमा खानेपानी वितरण, लिकेज भएका पाइपलाइन मर्मत, खानेपानीका मिटर वितरण गर्ने लगायतका कार्य छिटो छरितो गर्न आग्रह गरे ।