16.5k
Shares
काठमाडौँ । पाल्पा जिल्लाको निस्दी गाउँपालिका भएको जीप दुर्घटनामा ९ जना घाइते भएका छन् । आज निस्दी गाउँपालिका स्थित झ्याल्टुङ कच्ची सडक खण्डमा भएको दुर्घटनामा घाइते ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
होराइजन डेन्टल अस्पताल रामपुर पाल्पाबाट मित्यालको भिरपानीमा डेन्टलसम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ जाँदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो जिप आफैँ अनियन्त्रित दुर्घटना भएको प्रहरीले जनाएको छ ।