10.2k
Shares
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब सत्ताका लागि यताबाट उता गरिरहने अवस्था अन्त्य भएको बताएका छन् ।
गत असार ३० गते नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएपछि सत्ताका लागि आफ्नै डुंगा प्वाँल पारेर अन्यत्र कुद्ने अवस्था अब नरहेको उनले बताए ।‘
गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु, ‘सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवम् जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ’, उनले भने ।
सत्ताका नाममा पटक पटक विश्वासको मत लिने तमासाबाट पनि देशले मुक्ति पाएको उनले बताएका छन् ।