काठमाडौं– जिन्स को जन्म अमेरिकामा मजदुर वर्गका लागि भएको हो। त्यति बेला महिलाहरूले प्रायः घरको काम गर्थे र पुरुषहरूले खेत र कारखानामा काम गर्थे। पुरुषहरूलाई आफ्ना उपकरणहरू र अन्य वस्तुहरू समात्न ठूला खल्तीहरू चाहिन्थ्यो , त्यसैले तिनीहरूको जिन्समा गहिरो खल्तीहरू बनाइयो।
खल्तीको उद्देश्य: पुरुषको खल्तीको मुख्य उद्देश्य चीजहरू राख्नु थियो भने महिलाको खल्तीको मुख्य उद्देश्य सजावट मात्रै थियो।
शारीरिक संरचना: महिलाको शरीरको संरचना पुरुषभन्दा फरक हुन्छ । गहिरो खल्तीले महिलाको शरीरलाई असन्तुलित देखाउन सक्छ र तिनीहरूको बटमहरू फ्ल्याबी देखाउन सक्छ।
फेसन ट्रेन्डः फेसन ट्रेन्ड परिवर्तनले महिलाको जिन्सको पकेटको साइजलाई पनि असर गरेको छ। स्किनी जिन्स र टाइट फिटिङ जिन्सको आगमनसँगै पकेटको साइज पनि सानो हुन गएको हो ।