कार्यावस्था समिति बैठकमा कांग्रेस र माओवादीबीच नोंकझोक

11.2k Shares

काठमाडौं – संसद् बैठक बोलाउन छाडेर अध्यादेश ल्याएकोमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको कार्यावस्था बैठकमा प्रतिपक्षी माओवादीले कांग्रेस प्रति आक्रामक भएको हो ।

‘अब अध्यादेशबाट नै सरकार चलाउने हो भनेर ठुला दलका प्रमुख सचेतकले भने पछि मैले आपत्ति जनाए’ माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘त्यसपछि मैले प्रतिप्रश्न गरे, यस अघि संसद् विघटन भएको हो, ६ वटा अध्यादेशबाट ल्याएर सरकार चलाउँछु भने पछि मैले आपत्ति जनाए ।’ 

उनका अनुसार अध्यादेशका विषयवस्तु महत्त्वपूर्ण भएकाले माघ १८ गते देखी सुरु हुने संसद् बैठकमा प्रश्न उठाउने पनि उनले जनाए ।

सम्बन्धित समाचार