विपद् र स्वास्थ्य आपत्कालीन अवस्थाको व्यवस्थापन थप प्रभावकारी बनाउने प्रयास

12k Shares

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले विपद् र स्वास्थ्य आपत्कालीन अवस्थामा सेवालाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको जनाएको छ । त्यसका लागि अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलाई मुख्य प्राथमिकता दिएको मन्त्रालयका प्रवक्ता एवम् व्यवस्थापन एकाइका प्रमुख डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वास्थ्य सेवामा कसरी एकरूपता ल्याउने भन्ने उद्देश्यले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार