काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत पोखरामा निवेदन दिन पुगेका छन् ।
पोखराको सूर्यदर्शन सहकारीमा कास्की जिल्ला अदालतलका न्यायाधीश नीजित राईको इजलासले तोकेको धरौटी बदरको माग गर्दै लामिछाने सोमबार कास्की अदालत पुगेका हुन् ।
उच्च अदालत पोखराका उप–रजिस्ट्रार एवं सूचना अधिकारी निल प्रसाद पनेरुका अनुसार अहिले लामिछानेको निवेदन दर्ता हुने प्रक्रियामा छ ।
फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम ६५ लाख धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझेको भन्दै बदर गर्दै दफा ६९ बमोजिम साधारण तारेखमा मुद्दा पुर्पक्ष गराउन माग गर्दै रविले उच्च अदालत पोखरामा दफा ७३ बमोजिम निवेदन दर्ता गराउन लागेका हुन् ।
एउटा अदालतको आदेश चित्त नबुझेको खण्डमा उपल्लो तहको अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था अनुसार उच्च अदालतमा निवेदन लिएर लामिछाने पुगेका हुन् ।