आक्रमण गरे कडा जवाफ दिने इरानी सर्वोच्च नेता खामेनीको चेतावनी

7.8k Shares

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले इरानमाथि आक्रमण गरिए कडा प्रतिकार गर्ने बताएका छन् ।

“उनीहरूले हानि पुर्‍याउने धम्की दिएका छन्,” नेता खामेनीले मुस्लिमहरूको रोजा महिना रमजानको अन्त्यको उपलक्ष्यमा इद अल–फित्रको अवसरमा एक भाषणको क्रममा ट्रम्पको पछिल्लो चेतावाीबारे भने ।

उनले थपे, “यदि यो गरियो भने, उनीहरूले निश्चित रूपमा कडा जवाफी हमला प्राप्त गर्नेछन्।”

शनिबार एक अन्तर्वार्तामा ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रमबारे कुनै सम्झौता नगरेमा उनीमाथि बम प्रहार गरिने बताएका थिए ।

सम्बन्धित समाचार