वर्षमानलाई लिएर प्रचण्ड तेह्रथुमतिर, ओलीको जन्मथलोमा दुई दिन बस्ने

12.5k Shares

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सैनिक हेलिकोप्टरमा पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा गएका छन् । प्रचण्डसँगै माओवादी उपमहासचिव वर्षमान पुन पनि रहेका छन् । 

प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने छन् । उनले आज लालीगुराँस नगरपालिका– ७ लसुनेस्थित शहीद धनरूपा पार्कको उद्‌घाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि उनी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जाने छन् । उनले आठराई गाउँपालिका– ३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति सङ्ग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।

उक्त स्थानमा २०५८ साल माघ २४ गते सुरक्षाकर्मीको कारबाहीमा १८ माओवादी सेनाका लडाकु र तीनजना सर्वसाधारणको मृत्यु भएको थियो ।

प्रचण्डले आजै आठराई– २ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ । उनी आज राति आठराई– ६ चुहानडाँडा बजारमा बास बस्नेछन् ।

 

सम्बन्धित समाचार