छाउगोठमा सुतेकी महिलामाथि बाघले गर्यो आक्रमण

10.8k Shares

धनगढी– कैलालीको मोहन्याल गाउँपालिका– ७ कुइनेमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। छाउगोठमा सुतिरहेको अवस्थामा ४० वर्षीया सरस्वती विकलाई बाघले आक्रमण गरेको थियो ।

आइतबार राति करिब साढे १० बजेको समयमा सरस्वतीलाई बाघले आक्रमण गरेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए ।

उनका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोट लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाइ छ ।

सरस्वतीलाई उपचारका लागि लम्की लगिएको छ । उनको अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।

सम्बन्धित समाचार