मलेसियामा अवैधानिक विदेशी श्रमिकमाथि धरपकड तीव्र

11.2k Shares

काठमाडौं । मलेसियामा अवैधानिक रूपमा बस्दै आएका विदेशी श्रमिकमाथि तीव्र धरपकड भइरहेका बेला १६ नेपालीसहित १ सज ७६ विदेशीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बंगलादेशका ७१, म्यानमारका ६०, इन्डोनेसियाका २४, पाकिस्तानका तीन र इजिप्ट र सुडानका एक–एक नागरिक रहेका छन् ।

क्वालालम्पुर अध्यागमन विभागले जालान अलोर, बुकित बिनटाङमा गरेको अपरेसनमा उनीहरू पक्राउ परेका हुन् ।

क्वालालम्पुर अध्यागमन निर्देशक वान साउपी वान युसुफले ओभरस्टे गरेको र वैध यात्रा कागजातहरू नभएको विषयमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ । उनीहरूलाई कागजात प्रक्रिया र थप कारबाहीका लागि क्वालालम्पुर अध्यागमन विभागको मुख्यालय लागिएको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार