नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारित : मुख्यमन्त्री

10.2k Shares

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध साँचो मित्रता र साझेदारीमा आधारित रहेको बताएका छन् ।

भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा भारतीय पेन्सन वितरण कार्यालय पोखराद्वारा आज आयोजित विशेष समारोहमा उनले आपसी विश्वास, सम्मान र सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे  । 

गण्डकी प्रदेशभित्र शिक्षा, स्वास्थ्य, धार्मिक, सांस्कृतिकलगायत क्षेत्रमा भारत सरकार र मातहतका निकायबाट प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा प्राप्त सहयोगप्रति मुख्यमन्त्री पाण्डेले आभार व्यक्त गरे ।

भारतीय सेनामा नेपालको गण्डकी प्रदेशबाटै ठूलो सङ्ख्यामा सहभागिता रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले पेन्सन वितरण कार्यालय यस क्षेत्रको महत्त्वपूर्ण संस्थाका रूपमा अघि बढेको बताए । आपसी निकटता र पारिवारिक सम्बन्धले दुई देशलाई अझ नजिक तुल्याएको बताउँदै उनले दुई देशबीचको खुला सिमानाका कारण रोजगारी, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग आदानप्रदान भइरहेको उल्लेख गरे । 

सम्बन्धित समाचार