मेयर राईलाई खानेपानी मन्त्रीले भने- यसै वर्ष टेन्डर हुन्छ, खुसी भएर धरान फर्किनुस्

7.8k Shares

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले धरान उपमहानगरपालिकावासीको खानेपानी समस्या समाधानका लागि यसै वर्ष टेन्डर लगाउने प्रतिबद्धता जनाएका छन् ।

खानेपानी समस्या समाधानको खोजीमा मंगलबार सिंहदरबार छिरेका धरानका मेयर हर्कराज राईसँगको भेटवार्तामा उनले एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा समाधान खोजिने बचन दिएका हुन् ।

‘मैले धरानवासीको खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेन्डर आह्वान गर्ने प्रतिबद्धता गरेको छु,’ मन्त्री यादवले भने ।

खानेपानी व्यवस्थापनका लागि टेन्डर आह्वान गरिएको सूचनासहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिवद्धता जनाएको उनले बताएका छन् । आफूले नगरप्रमुख साम्पाङलाई खानेपानी योजनाका लागि अन्यत्र नजान र खुशीसहित धरान फर्किन भनेको उनले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार