प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा एमाले अध्यक्ष ओली अनुपस्थित

18.1k Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए ।

अध्यादेश ल्याएर आफ्नो दल फुटाएको र सभामुख त्यसमा सहयोगी बनेको भन्दै एमालेले निरन्तर संसदमा विरोध गर्दै आएको छ । गैरसंवैधानिक अध्यादेश ल्याएर गर्नुपर्ने जति सबै काम गरेपछि बोलाइएको सर्वदलीय बैठकको कुनै अर्थ नहुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए । उनले अध्यक्ष केपी शर्मा ओली र एमालेका कुनै पनि प्रतिनिधि बैठकमा नजाने जानकारी दिए ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिस्कार गरेको थियो । सभामुखले आफूहरुले कारवाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने या मार्गप्रशस्त गर्नुपर्ने भन्दै त्यो बाहेकका ऐजेन्डामा कुनै छलफल नहुने एमालेको अडान छ । यही विषयमा एमालेले संसदमा अवरोध जारी राखे पनि सभामुखले भने सदनका कारवाही अगाडि बढाइरहेका छन् ।

सम्बन्धित समाचार