आमा समूहलाई सामुदायिक कृषि सहायक प्रशिक्षण

8.4k Shares

भोजपुर– ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुरका आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ ।

भोजपुर नगरपालिका– ५, बोखिमका आमा समूहलाई सामुदायिक कृषि सहायक सम्बन्धी प्रशिक्षण दिन थालिएको हो । सुम्निमा बहुप्राविधिक शिक्षालयको आयोजनामा वडा कार्यालय र पञ्चकन्या स्वास्थ्य आमा समूह बोखिमको समन्वयमा आइतबारदेखि उद्यमशीलता विकास तथा जीविकोपार्जनका लागि प्रशिक्षण सुरु गरिएको वडाध्यक्ष फबिन्द्र प्रधानले जानकारी दिए ।

प्रशिक्षणमा २० जना आमाहरूको सहभागिता रहेको छ । २८ दिनसम्म प्रशिक्षण सञ्चालन हुने शिक्षालयका कृषि कार्यक्रम संयोजक तथा प्रशिक्षक प्रमोद राईले जानकारी दिए ।

सम्बन्धित समाचार