उत्तर–दक्षिण कोशी राजमार्ग खुल्यो

10.2k Shares

सङ्खुवासभा । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ ।

भोटखोला–३ सेम्बुङ डाँडास्थित खाँदबारी–किमाथाङ्का सडक एक दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए । 

शुक्रबार दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको थियो । सडकमाथिबाट ठुल्ठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडकखण्ड आज बिहानदेखि पुनःसञ्चालनमा आएको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए ।

सम्बन्धित समाचार