ऊर्जा क्षेत्रमा लगानी गर्न बैंक हच्किँदै – विदेशी कम्पनीप्रति नरम, नेपालीप्रति गरम !

7.6k Shares

काठमाडौं – नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा यतिखेर करिब ३५ सय मेगावाट विद्युत जोडिएको छ । जसमध्ये करिब २७ सय मेगावाट बिजुली निजी क्षेत्रका आयोजनाबाट उत्पादन भएको हो ।

निर्माणाधीनतर्फ नियाल्दा करिब ४५ सय मेगावाट क्षमताका आयोजना बनिरहेका छन् । ती मध्ये ८० प्रतिशतभन्दा बढी आयोजनामा निजी क्षेत्रकै लगानी छ ।

वि.सं २०५० मा खिम्ती जदविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) गरेर राज्यले ऊर्जा विकासमा निजी क्षेत्रलाई सङ्लग्न गराउन थालेको थियो । त्यस यता नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्र निकै सशक्त भइसकेको छ । निजी क्षेत्रकै लगानीका कारण नेपाल यतिखेर खुद ऊर्जा निर्यातक बनिसकेको छ ।

विद्युत प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क हेर्दा नेपालले गत आर्थिक वर्ष २०८०/०८१ मा नेपालबाट झन्डै १७ अर्ब रुपैयाँ बराबरको विद्युत भारततर्फ निर्यात गरेको छ । बङ्गलादेशले पनि नेपालबाट विद्युत खरिद थालिसकेको छ ।

सम्बन्धित समाचार