रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन लड्दै

14.2k Shares

काठमाडौँ । स्थापना भएको छोटो समयमै संसदीय राजनीतिमा चौथो ठुलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पटक स्थानीय तहका चुनाव लड्दै छ । निर्वाचन आयोगले २०८१ मङ्सिर १६ गतेलाई स्थानीय तह उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ ।

उक्त निर्वाचनका लागि दल दर्ताको काम आयोगले सम्पन्न गरिसकेको छ । आयोगले सार्वजनिक गरेको विज्ञप्ति अनुसार रास्वपासहित २५ राजनीतिक दलले उपनिर्वाचनमा भाग लिन भन्दै दल दर्ता गरिसकेका छन् । उपनिर्वाचनमा भाग लिनका लागि रास्वपाले १४ औँ नम्बरमा दल दर्ता गरेको हो ।

उपनिर्वाचन प्रयोजनका लागि नेकपा एमाले‚ नेपाली कांग्रेस‚नेकपा माओवादी केन्द्र‚नेकपा एकीकृत समाजवादी‚ राप्रपा‚ नागरिक उन्मुक्ति पार्टी‚ नेपाल मजदुर किसान पार्टी‚ जसपा‚ जसपा नेपाल‚ जनमत पार्टी‚ राप्रपा नेपाल‚ नेपाली कांग्रेस बिपी‚ राष्ट्रिय जनता पार्टी‚ लगायत दल दर्ता भएका छन् ।

सम्बन्धित समाचार