उपत्यकामा थपिए ४२९ कोरोना संक्रमित 

15.4k Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ कोरोना संक्रमित थपिएका छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका हुन् । आइतबार काठमाडौं ३७२ जना, भक्तपुरमा ४५  र ललितपुर १२ जनामा  कोरोना संक्रमण देखिएको छ ।
शनिबार काठमाडौंमा १५५ जना, भक्तपुरमा १२ र ललितपुर १९ जनाम गरी १८६ जना कोरोना संक्रमण देखिएको थियो ।

सम्बन्धित समाचार