लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान, शुक्रबार बैठक बस्ने

17k Shares

दाङ, १० जेठ । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनबाट प्रदेशसभाको दोस्रो अधिवेशन १२ जेठ शुक्रबार दिउँसो १ बजे प्रदेशसभा भवनमा बस्नेगरी आह्वान भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । 

‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूबाट लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन सम्वत् २०८० साल जेष्ठ १२ गते शुक्रवार दिनको १३ः०० बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी) मा बस्ने गरी आह्वान भएकोले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम (१) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सचिव मगरले जारी गरेको सूचनामा उल्लेख छ । 

 

सम्बन्धित समाचार