बाग्लुङको काठेखोलामा जलचर जोगाउन समुदायकै सहभागिता

10.5k Shares

बाग्लुङ – बाग्लुङको काठेखोला गाउँपालिकाले समुदायकै नेतृत्वमा जलचर संरक्षण गर्ने तयारी थालेको छ । समुदायको सक्रियता र सहभागिताविना कानून र कारबाहीले मात्र जैविक विविधता र जलचरको संरक्षण नहुने भएकाले संरक्षणमा समुदायको सहभागिता हुनेगरी कानून बनेको हो ।

गाउँपालिकाले १६औं गाउँसभाबाट पारित गरेको ‘जलचर एवम् जलीय जैविक विविधता संरक्षण ऐन’ ले संरक्षणका लागि समुदायको सहभागिता हुने व्यवस्था गरेको छ । अवैधानिक रूपमा जलचरको उपयोगले जलचर लोप हुने खतरा बढेपछि गाउँपालिकाले जलचरको संरक्षण र उपयोग गर्ने कानून बनाएको हो ।

ऐन बनेसँगै गाउँपालिकाभित्रका खोलानालाका जलचर तथा जलीय जैविक विविधताको संरक्षणका लागि कार्यविधि बन्ने गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो ।

नीतिअनुसार विपन्न र बेरोजगार तथा परम्परागत रूपमा पेशा अँगालेका नागरिकलाई मात्र जलचरको उपयोग गर्न दिइनेछ । माछा, गँगटोलगायत जलचरको प्रजननका समय र सङ्कटको समयमा उपभोगमा रोक लगाउने विषय नीतिमा उल्लेख छ ।

सम्बन्धित समाचार