नेपाल एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा

36 Shares

काठमाडौं । नेपालको महिला यु १९ टोली एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको म्याचमा जापानलाई ९ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिले बलिङ गरेको नेपालले जापानलाई ८६ रनमा अलआउट गरेको थियो । नेपालका लागि रिया शर्मा र क्रिस्मा गुरुङले २(२ विकेट लिए । अनु कठायत, मनिषा उपाध्याय र सोनी पाख्रीनले १(१ विकेट बाँडे ।
जवाफी ब्याटिङमा नेपालले ११।२ ओभरमा १ विकेट मात्रै गुमाएर लक्ष्य भेट्यो । नेपालकी ओपनर साना प्रविण १६ बलमा १८ रन बनाएर आउट भइन् । सावित्री धामीले ३२ बलमा ४१ रन र कप्तान सोनी पाख्रीनले २२ बलमा १८ रन बनाएर अविजित रहे ।
नेपालले समूह चरणमा यसअघि सिंगापुर र हङकङलाई पराजित गरेको थियो । सेमिफाइनलमा नेपालले यूएईसित प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचार