नेका केन्द्रीय खेलकुद विभाग सचिव महर्जनद्वारा खेलाडीलाई ट्रयाकसुट वितरण

18.1k Shares

ललितपुर । नेपाली कांग्रेस युवा नेता, केन्द्रिय खेलकुद बिभाग सचिब, राष्ट्रिय खेलकुद पुर्ब कोषाध्यक्ष तथा कराते पुर्ब अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले एक कार्यक्रमको आयोजना गरी लगनखेल डोजोका खेलाडीहरुलाई ट्रायकसुट  बितरण गरेका छन् ।
भक्तपुर जिल्ला मध्य्पुर नगरपालिका ठिमिमा संचालन हुन लागेको प्रथम मेयर कप कराते प्रतियोगिताको लागि कराते खेलाडीहरुलाई ट्रायकसुट बितरण गरेका हुन् ।  नेता महर्जनले लगनखेल डोजो नेपाल कै उत्कृष्ट डोजो भएको र लगनखेल डोजोले सयौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको  स्मरणसमेत गराएका थिए ।

बर्तमान अवस्थामा खेलकुद गतिविधि सुन्य अबस्थामा रहेको र खेलकुद पदाधिकारी भ्रष्टाचारमा चुलुम्म डुबेकोले त्यस्ता ब्यक्तिबाट खेलकुद गतिविधि अगाडी नबढ्ने सो कार्यक्रममा बताएका थिए ।
नेता महर्जनले जापानमा सम्पन्न ओलम्पिक गेममा ४ जना खेलाडी तर ४० जना अफिसियल गएर राज्यको ढुकुटी दुरुपयोग गरेको समेत उनले बताए ।  नेता महर्जन खेलकुद जगतका हस्तिको रुपमा परिचित छन् । उक्त ट्रायकसुट बितरण कार्यक्रममा  किक बक्सिङ पुर्ब राष्ट्रिय खेलाडी ललितपुर किक बक्सिङ संघ अध्यक्ष बिनोद महर्जन, १३ औ साग स्वर्ण पदक बिजेता बिप्लपलाल श्रेष्ठ, किक बक्सिङ खेलाडी सरोज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार