प्रदेश खेलकुद विकास परिषद्का १० सदस्यको सपथ

12.6k Shares

हेटौँडा । बागमती प्रदेश खेलकुद विकास परिषद्मा  मनोनित हुनुभएका १० जना सदस्यहरुले आज बिहीबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । 

सदस्यहरु क्रमश रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नविना खनिया (चितवन), कल्पना खड्का (रामेछाप) ले सपथ लिनुभएको हो  । 

त्यस्तै सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर), अमृत लुङवा (मकवानपुर), अञ्जना शिवाकोटी (दोलखा) र गोविन्दलाल श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले सपथ लिनुभएको छ ।

बागमती प्रदेश सरकारकम सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा लगायतले मनोनित सदस्यहरुलाई सपथ गराउनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महर्जनले खेलकुद क्षेत्रमा लामो समयदेखि योगदान गरेका व्यक्तिहरुलाई परिषद्को सदस्यमा मनोनित गरिएको जानकारी दिदै  यसले बागमती प्रदेशको समग्र खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा सामाजिक विकासमन्त्री खड्गीले परिषद्का सदस्यहरुलाई आफ्नो विज्ञता प्रयोग गरी खेलकुद क्षेत्रको प्रवद्र्धन र खेलाडीहरुको हितका लागि काम गर्न सुझाव दिनुभयो ।

सपथ कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङका राजनीतिक सल्लाहकार विनोद शाह, सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे, प्रदेश खेलकुद विकास परिषद्का प्रमुख बद्रीबहादुर पाठक, खेलकुद मन्त्रालयका कार्यक्रम महाशाखा प्रमुख सूर्य दाहाललगाययको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार