युवालाई न्यून ब्याजमा लगानीको वातवरण बनाउछौँ : उद्योगमन्त्री

9.1k Shares

नारायणगढ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवाहरुलाई न्यून ब्याजमा लगानीको वातवरण गराउन सरकारले पहल सुरु गरेको बताउनुभएको छ ।

चितवन महोत्सव २०८१ को बिहीबार नारायणगढमा उद्घाटन गर्नुहुँदै मन्त्री भण्डारीले उद्योग व्यवसायको संरक्षणका लागि ब्याजमा सुविधा दिनुपर्ने धारणा राख्नुभयो ।

“नविनतम सोचका साथ न्यून ब्याजमा युवाहरुलाई लगानीको वातवरण तयार गर्नुपर्छ भनेर सरकनरले गृहकार्य सुरु गरी सकेको छ’’, उहाँले भन्नुभयो । उहाँले शासकिय व्यवस्थामै आवश्यकता अनुसार नीतिगत, प्रशासन सुधार गरेर पनि देशमा लगानीको वातवरण बनाउने बताउनुभयो ।

“आर्थिक ऐन संशोधन गरेरै भए पनि आन्तरिक र बाह्य लगानीका बाधक ऐन संशोधन गरेर हामी अगाडि बढ्दै छौं । यसले लगानी मैत्री नीति बनाउदै छौं ।’’ उहाँले भन्नुभयो ।

“मेरो देश मेरो उत्पादित योजना सरकारले अघि सार्दै छ’’, उहाँको भनाइ छ । चितवनको गौरव र गरिमामय  प्रस्तुतिका रुपमा लिइने चितवन महोत्वस  विहिवारवाट सुरु भएको हो ।

महोत्सव उद्घाटन पूर्व बिहानै झाकीसहितको शोभा यात्रा निकालिएसँगै महोत्सवको विधिवत् सुरु भएको हो । हरेक दुई÷दुई वर्षमा आयोजना हुने चितवन महोत्सवको यो वर्ष १५ औँ श्रृङ्खला हो । महोत्सव २०५३ सालवाट सुरु गरिएको हो ।  महोत्सवको रोवटद्वारा उद्घाटन गरिएको हो । 

महोत्सव माघ १० गतेसम्म चल्ने छ । नारायणी किनारमा सञ्चालन हुने महोत्सवमा यो वर्ष ४३० वटा विभिन्न स्टलहरु रहेका छन् ।

यो वर्ष केराको थामबाट रेखा निकाल्ने कामको प्रत्यक्ष अवलोकन गराइएको छ । केराको थामको रेखालाइ कपडा बनाउने धागोका रुपमा प्रयोगमा ल्याउन सकिने भएकाले यसको प्रवर्द्धन गर्न म प्रहोत्सवमा यो प्रत्यक्ष अवलोकनका लागि राखिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपियाँ बराबरको कारोबार हुने आयोजकले अपेक्षा गरेका छन् । विभिन्न अटोदेखि चाइनिज समानहरु प्रर्दशनीमा  राखिएकाले यसको कारोबार बढी हुने अपेक्षा छ ।

महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने विश्वास लिइएको छ । आर्थिक मन्दीका कारण विक्षिप्त बनेको अर्थ क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा लिइएको उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र वलीले बताउनुभाये ।

महोत्सवमा यसपटक पर्यटन प्रवर्द्धनलाई जोड दिइँदैछ । अघिल्ला महोत्सवहरुमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी, मह, केरा लगायत उत्पादनलाई प्राथमिकता दिइएको हो ।

महोत्सवमा विदेशी उत्पादनसहित स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा स्थानीय उत्पादनसहित अन्तर्राष्ट्रिय व्यावसायिक प्रतिष्ठानको सहभागिता रहने छ । यस वर्ष चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादन प्रदर्शनीमा राखिँदै छ ।

महोत्सवमा सात वटा विशेष स्टल, डोम कृषि परिसर, अटो परिसरका साथै निर्माण व्यवसायीको सहकार्यमा निर्माण एक्स्पो, घरेलु तथा साना उद्योग, विभिन्न संघसंस्थाका स्टल, रेष्टुरेन्ट परिसर रहेका छन् ।

सम्बन्धित समाचार