जय ट्रफी एलिट कप क्रिकेट : पुलिसले मधेशलाई एक पारी र ३५ रनले हरायो

15.4k Shares

काठमाण्डाै – जय ट्रफी एलिट कप क्रिकेटको तेस्रो खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई एक पारी र ३५ रनले हराएको छ ।

खेलको दोस्रो दिन खाना समयपछि मधेश दोस्रो पारीमा ९४ रनमा अलआउट भयो । मधेशका विशाल पटेलले २७, मयन यादवले २२ रन बनाए । पुलिसका कुशल भुर्तेलले ५ विकेट लिए ।

यसअघि वीरगञ्जमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेश पहिलो पारीमा १ सय २९ रनमा अलआउट भएको थियो । यस्तै पुलिसले पहिलो पारीमा ४ विकेट गुमाएर २ सय ५८ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो ।

जय ट्रफी एलिट कप क्रिकेटको चौथो खेलमा त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेश खेलिरहेका छन् । दोस्रो पारीको ब्याटिङ गरिरहेको आर्मीले याे समाचार तयार पार्दासम्म ५ विकेट गुमाएर ९८ रन बनाएकाे छ । आर्मीले १ सय ७४ रनकाे अग्रता लिएकाे छ ।

यसअघि जनकपुरमा टस हारेर ब्याटिङ गरेको आर्मीले पहिलो पारीमा ५ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो । यस्तै बाग्मतीले पहिलो पारीमा ९ विकेट गुमाएर २ सय रन बनाउँदा पारी समाप्तिको घोषणा गरेको थियो ।

सम्बन्धित समाचार