अरनिको स्मृति दिवसमा कलाकारलाई सम्मान

13.6k Shares

काठमाडाैं । राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवसका अवसरमा विभिन्न कलाकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

अरनिकोको स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा नेपाल कमर्सियसल आर्टिष्ट संघले कलाकारलाई सम्मान तथा पुरस्कृत गरेको हो । सो क्रममा कलाकारलाई हेम–गंगा युवा कला प्रतिभा पुरस्कार, ज्ञानी शाह क्यान अमूर्त कला सम्मान, बालकृष्ण स्मृति कलालगायत १५ विधामा पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा पुरस्कार प्रदान गर्दै उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले कलाकारलाई कदर गर्दै नयाँ पुस्तालाई कला क्षेत्रमा आउन प्रेरित गर्नुपर्ने बताए । 

त्यस्तै, अन्य वक्ताहरूले अरनिकोको कलाको संरक्षण र सम्वर्द्धनसँगै उनको कलाका बारेमा थप खोज अनुसन्धान हुन जरुरी रहेको औँल्याएका थिए । 

सम्बन्धित समाचार