खुमलटारविरुद्ध संकटाको सानदार जीतमा पेम्बाको ह्रयाट्रिक

9.8k Shares

काठमाडौं– संकटा क्लबले एन्फा यु–१६ युथ लिगमा सानदार जीत हासिल गरेको छ । 

सोमबार भएको खेलमा संकटाले एफसी खुमलटारविरुद्ध ४–१ को सहज जित निकालेको हो । संकटाका पेम्बा तामाङको ह्याट्रिक गोलका कारण संकटाको यो जितसँगै तीन अंक जोडनसमेत सफल भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा संकटाको जीतमा पेम्बाको ले ह्याट्रिकसहित एल्सन राईले थप एक गोल गरेका थिए भने खुमलटारका लागि सूर्य थापामगरले मात्र गोल फर्काउन सफल भए ।

सम्बन्धित समाचार