गोकर्णेश्वरमा खुले विद्यालय

19.1k Shares

काठमाडौं, १५ भदौ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा मंगलबारबाट भौतिक रुपमै विद्यालय सञ्चालनमा आएका छन् ।
सरोकार पक्षको सर्वपक्षीय भेलाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्ने निर्णय भएसँगै मंगलबारबाट नगरक्षेत्रका सामुदायिक एवं निजी विद्यालयहरु सञ्चालनमा आएका हुन् ।
विद्यालय खुलेपनि विद्यार्थीको उपस्थिति भने न्यून रहेको विद्यालयका शिक्षकहरु स्वयं बताउँछन् । जोरपाटीस्थित छाहारी शिक्षा सदनका प्रधानाध्यापक अनिल पराजुलीले मंगलबार एक तिहाइ मात्रै विद्यार्थी उपस्थिति भएको बताए ।

सम्बन्धित समाचार