नेपाल र श्रीलंकाबीचको खेल नतिजा विहीन

11.4k Shares

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ ।

नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियो ।

टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तिमा १ विकेट लिएर १ रन खर्चिएको अवस्थामा भारी वर्षा सुरु भएको थियो ।

नेपालले सुपर फोर को अर्को खेलमा शुक्रवार बंगलादेशसँग खेल्नेछ । नेपाल, भारत, श्रीलंका र बंगलादेशले सुपर फोरमा छन् ।

सुपर ४ मा अर्को समूहबाट आएका २ टोलीसँग खेल हुनेछ । सुपर ४ को शीर्ष २ मा रहने टोलीले उपाधिका लागि खेल्नेछन् ।

फाइनल आइतवार हुनेछ । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।

यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।

सम्बन्धित समाचार