ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–५ स्थित लेलेका एक २७ वर्षका युवालाई कोरोना संक्रमण देखिएको छ । उनको शनिबार आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो ।
दुबईबाट २३ साउनमा आएका उनलाई लेले प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा राखिएको र स्वाब परीक्षणपछि उनको रिपोर्ट पोजिटिभ आएको वडा– ५ का अध्यक्ष मिलन सिलवालले बताए ।
‘उनलाई एयरपोर्टबाट सिधै क्वारेन्टाइनमा ल्याई राखिएकोले उनको ट्राभेल हिस्ट्रि छैन । उनको स्वास्थ्य अबस्था सामान्य नै छ ।’, वडाध्यक्ष सिलवालले बताए ।
उनमा कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइन क्षेत्रसहित लेले बस पार्क क्षेत्र सिल गरिएको छे । ‘हामी फेरी दुई हप्तापछि परीक्षण गर्छौँ । त्यसअवधिसम्म उनी यहीँ क्वारेन्टाइनमै रहनेछन् ।’ अध्यक्ष सिलवालको भनाई छ ।