अर्घाखाँचीमा धान उत्पादनमा वृद्धि

14.8k Shares

सन्धिखर्क। अर्घाखाँचीमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । हाइब्रिड बिउँको प्रयोगका साथै समयमै वर्षा र रसायनिक मलको सही प्रयोगले उत्पादन बढेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । 

केन्द्रका अनुसार पाँच हजार ९४८ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको थियो । जसमा २५ हजा ९९२ मेट्रिक टन उत्पादन भएको केन्द्रका सूचना अधिकारी शिवलाल घिमिरले जानकारी दिनुभयो । गत वर्ष छ हजार ७६० हेक्टर क्षेत्रफलमा रोपाई हुँदा करिब २५ हजार मेट्रिक टन उत्पादन भएको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा झण्डै एकहजार क्षेत्रफलमा कम रोपाई हुँदा पनि यस वर्ष उत्पादन बढेको छ । 

सूचना अधिकार घिमिरेले भन्नुभयो, “विगतको तुलनामा यसवर्ष कम क्षेत्रफलमा रोपाई भएको थियो । तर उत्पादन भने वृद्धि भएको छ । उत्वादकत्वका हिसाबले ३.२२ प्रतिशतले वृद्धि हो ।” अर्घाखाँचीमा वर्खेधानको खेती गरिन्छ भने पछिल्लो समय सिँचाई नहुँदा चैते धानको खेती गरिँदैन ।   

जिल्लाको कुल २६ हजार खेती योग्य जमिनमध्ये २९ प्रतिशत अर्थात ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जिल्ल्लामा प्रतिहेक्टर ३.६१ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । अर्घाखाँचीमा वार्षिक ८० करोड रुपियाँ बराबरको धान उत्पादन हुँदै आएको छ । जिल्लामा धान उत्पादन वृद्धि गर्न कृषकलाई अनुदान र खेतीयोग्य जमिनको वर्गीकरण जरुरी रहेको घिमिरे बताउनुभयो । 

अर्घाखाँची जिल्लामा पछिल्लो समय हाइब्रीड जातको धान बढी रोपिने गरिन्छ । स्थानीय जातहरू खुमल चार, पोख्रेलीलगायतका धानहरू पनि रोपिन्छ । जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूल प्रविधि र विकासलाई ध्यान दिनुपर्ने केन्द्रले जनाएको छ । 

सम्बन्धित समाचार