काठमाडौं र ललितपुरमा जुवातास खेलिरहेका १५ जना समातिए

11.2k Shares

काठमाडौं । काठमाडौं र ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको टोखा नगरपालिका–१०, गोंगबु गणेशस्थानका ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीसहित सातजनालाई पक्राउ गरेको छ । बुधबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ७२ हजार ५०० रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको हो ।

यस्तै, ललितपुर महानगरपालिका–१४, तिखिदेवलका चमनसिंह घलेको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौंको टोखामा बस्दै आएका ३६ वर्षीय लोरबहादुर गुरुङसहितका व्यक्तिहरू छन् ।

नगद दुई लाख २४ हजार ६७५ रुपैयाँ र १३ बुक ताससहित बुधबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार