आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारी भन्सारमा जान उत्साहित हुन्छन्ः उपेन्द्र यादव

13k Shares

काठमाडौँ । सांसद उपेन्द्र यादवले भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुने गरेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा राजस्व सङ्कलनको अवस्था एवम् भन्सार कार्यालयले बेहोर्नु परेका नीतिगत समस्या र समाधान विषयमाथि बुधवार भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘दैनिक उपभोग्य वस्तु एक किलो ल्याउँदा जनताले सास्ती भोग्न परेको छ,’ यादव भन्छन्, ‘२५ वटा ट्रक आउँछन् २ वटाको भन्सार लियो र बाँकी छाडिदिने परम्परा छ । अनि कसरी हुन्छ राजस्व सङ्कलन ? भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुन्छन् ।’

बोर्डर छेउका नेपाली बजार सुक्दै गएको तर भारतीय बजार बढ्दै गरेका कारण राजस्व सङ्कलनमा कमी आएको उनले बताए ।

सम्बन्धित समाचार