18.4k
Shares
काठमाडौं- काठमाडौंको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
मोटरसाइकल चोरी भएको भनी परेको उजुरीको आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दीपेन्द्र तामाङ र सन्तोष घले रहेको प्रहरीले जनाएको छ।
रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रमकाबिच प्रहरी उपरीक्षक सन्तोष आचार्यले १६ ओटा मोटरसाइकल र ५ ओटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन्।