सोमबार, भदौ ७ । काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेट भएको छ। भेटका लागि नेता नेपाल सोमबार दिउँसो १२ बजे राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए ।
राष्ट्रपति भण्डारी र नेता नेपालबीच एक घण्टा ४५ मिनेट छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।
नेता नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । निर्वाचन आयोगले उनीहरुलाई सनाखतको लागि बुधबार बोलाएको छ ।
नेता नेपाल अगल्लै पार्टी गठनको लागि अगाडि बढेपछि एमालेको पूर्वउपाध्यक्ष समेत रहेकी राष्ट्रपति भण्डारीले नेपालसँग भेट गरेकी हुन्। भेटमा उनले पार्टी विभाजनबारे चासो राखेको बुझिएको छ । उनले एमाले विभाजनबाट कसैलाई फाइदा नहुने बताएकी थिइन् ।