काठमाडौं । जापानको राजधानी टोकियामा सरकारी कर्मचारीले हप्तामा चार दिन मात्रै काम गर्नुपर्ने प्रस्ताव अघि बढाइएको छ । टोकियोका गभर्नरले अभिभावकत्वलाई प्रोत्साहित गर्ने राष्ट्रव्यापी प्रयास अन्तर्गत राजधानीमा सरकारी कर्मचारीका लागि हप्तामा चार दिन मात्रै काम गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
जापानका प्रधानमन्त्री सिगेरु इसिबाले जापानको न्यून जन्मदरलाई ‘शान्त संकटकालीन अवस्था’ को संज्ञा दिँदै लचिलो कार्य समयजस्ता नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जापानमा पनि कामकाजी आमाहरूले अझै पनि घरायसी बोझ बोक्नुपर्छ, छोराछोरी हुर्काउनुपर्छ र आफन्तहरूको हेरचाह गर्नुपर्छ भन्ने अपेक्षा नै बच्चाको अभावको मुख्य कारक मानिन्छ ।
आमाबाबुका लागि काम र जीवनको सन्तुलनलाई सजिलो बनाउन गभर्नर युरिको कोइकेले टोकियो महानगरले सरकारी जागिरमा कार्यरत निजामती कर्मचारीलाई अप्रिलदेखि सुरु हुने नयाँ आर्थिक वर्षमा हप्तामा चार दिन काम गर्ने विकल्प प्रस्तुत गरेका हुन् ।