भित्र रविको बयान, बाहिर झडपः रास्वपा कार्यकर्ताद्वारा ढुंगा प्रहार, प्रहरीले अश्रुग्यास हान्यो

11k Shares

काठमाडौं– सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको चितवन सरकारी वकिलको कार्यालयमा बयान जारी रहँदा बाहिर कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। 

काठमाडौंबाट मंगलबार चितवन लगिएका लामिछानेको दोस्रो दिनको बयान चलिरहँदा रास्वपा कार्यकर्ताले उग्र प्रदर्शन गरिरहेका छन्। रास्वपा कार्यकर्ताले प्रहरीमाथि ढुङ्गा प्रहार गरिरहेका छन् भने प्रहरीले पनि केही सेल अश्रुग्यास प्रहार गरेको छ। 

सम्बन्धित समाचार