ओलीको चीन भ्रमण उपलब्धिविहीनः प्रभु साह

10k Shares

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उपलब्धिविहीन हुने देखिएको दाबी गरेका छन् । नेपालबाट जम्बो टोली लिएर चीन भ्रमणमा निस्किएका प्रधानमन्त्री ओलीले एउटा एयरलाईन्सलाई विजनेस दिनुबाहेक देश र जनताको लागि उल्लेख्य उपलब्धि हासिल नदेखिएको बताए । 

चीन भ्रमणको दौरान आज (मंगलबार)प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङस्थित् ग्रेट हल अफ दि पिपलमा भएको भेटवार्तापछि जारी गरिएको ९ बुँदे सहमति तथा समझदारी पत्रपछि पूर्वमन्त्री साहले यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष साहले प्रधानमन्त्री ओलीले भ्रमणअघि नै राजनीति गर्न खोजेपछि चिनियाँ पक्षले भाउ नदिएको पनि दाबी गरे । उनले प्रधानमन्त्री ओलीले सुरुमा चीन भ्रमण भनेर नयाँ दिल्लीको भ्रमण गर्न चाहेको कुरा अहिले चीनले द्विपक्षीय सहमति तथा समझदारीमा खासै महत्त्व नदिनुले प्रस्ट भएको जिकिर गरे । 

सम्बन्धित समाचार