काभ्रेबाट फिल्म ‘प्रेम गीता’को सुटिङ सुरु

12.1k Shares

राजेन्द्र बस्नेतको ‘डेब्यू’ निर्देशनमा बन्ने फिल्म ‘प्रेम गीता’को छायांकन सुरु भएको छ। काभ्रेको पाँचखालबाट सोमबारदेखि फिल्मको सुटिङ  सुरु भएको हो।

निर्देशक बस्नेतले यसअघि फिल्म ‘कम्पन’ र ‘काउसो’ निर्माण गरेका थिए।

ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुन लागेको हो। निर्देशक बस्नेतका अनुसार  काठमाडौं र काभ्रे आसपासमा रहेर २५ दिनको समय तालिकामा फिल्म छायांकन हुनेछ।  

यस फिल्ममा  सुशील पोखरेल, जाहन्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ ९भँगेरी डन०, दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीको अभिनय रहनेछ।

साजिद खान प्रस्तुतकर्ता रहेको फिल्ममा अयाज अलि खान निर्माता छन्। विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, रामेश्वर हुँमागाईको छायांकन, भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र रवि केसीको श्रृंगार रहनेछ।

सम्बन्धित समाचार