रामेछापमा जीप दुर्घटना हुँदा गोकुलगङ्गा–४ का वडा अध्यक्षसहित ५ जनाको ज्यान गयाे

14.5k Shares

काठमाण्डाै – रामेछापमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ६ को सिमलडाँडा भिरमा जीप सडकबाट तल खेसेको हो ।

दुर्घटनामा गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले उज्यालोलाई जानकारी दिनुभयो ।

यस्तै जीपका चालक हिराबहादुर कार्कीको पनि ज्यान गएको छ । ज्यान गुमाउने तीन जनाको परिचय थाहा हुन सकेको छैन । १४ सिट क्षमता भएको जीपमा आठ जना सवार रहेका थिए ।

जीपमा सवार अन्य तीन जना घाइते भएका प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो । काठमाण्डौबाट रामेछापतर्फ गुडिरहेको जीप दुर्घटनामा परेको हो । 

सम्बन्धित समाचार