कालीकोट–जुम्ला सडक आज १३ घण्टाका लागि बन्द

15k Shares

कालीकोट– उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टाका लागि बन्द गरिएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

कालीकोट–जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नम्बर १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो ।

तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएकाले यातायातका साधन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

सुरक्षा संवेदनशीलतालाई लिएर कालीकोट–जुम्ला सडकको खल्लागाडबाट नाग्मबजारसम्म आज बिहान ५ बजेबाट साँझ ६ बजेसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन नचल्ने उनको भनाइ छ ।

तिलागुफा नगरपलिका–४ राँचुलीमा वडाध्यक्ष पदका लागि आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ ।

सम्बन्धित समाचार