बालाचतुर्दशीको तीन दिन पशुपति आसपास मदिरा र मासु बेच्न निषेध

11.7k Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वका तीन दिन ९१३ (१५ मंसिर) पशुपतिनाथको मन्दिर वरपरका क्षेत्रमा मासु र मदिराजन्य पदार्थ बेच्न निषेध गरेको छ।

बालाचतुर्दशी पर्व ( शतवीजारोपण पर्व ), २०८१ लाई मध्यनजर बिहीबारदेखि शनिबारसम्मका लागि पशुपतिनाथको पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्धेश्यले मासु र मदिरा निषेध गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनले पशुपति आसपासका क्षेत्रमा मदिरा, नशालु पदार्थ, माछामासु बिक्रिवितरण, उत्पादन, सेवन, ओसारपसार र भण्डारणमा रोक लगाएको हो।

‘कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही भइजाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ’, आचार्यले भनेका छन् ।

सम्बन्धित समाचार