रोमानियाको राष्ट्रपति निर्वाचनमा रुस समर्थक नेताको अग्रता

10.4k Shares

​काठमाडाैँ  । रोमानियाको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा रुस समर्थक चरमपन्थी उम्मेदवार क्यालिन जर्जेस्कुले अग्रता लिएका छन् । 

प्रारम्भिक नतिजाअनुसार ९६ प्रतिशत मत गणना भइसकेको छ भने जर्जेस्कुले २२ प्रतिशत मत प्राप्त गरेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

युरोप समर्थक मानिने प्रधानमन्त्री मार्सेल चियोलाकुले २० प्रतिशत मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।

जर्जेस्कुले आफ्नो अभियान टिकटकमा चलाएका थिए । जर्जेस्कु र चियोलाकु दुवैले ८ डिसेम्बरमा हुने दोस्रो चरणको चुनावमा प्रतिस्पर्धा गर्ने सम्भावना देखिएको छ । 

रुस समर्थक मानिने जर्जेस्कुले चुनावी अभियानका क्रममा रोमानियालाई यूरोपीय संघ र नाटोबाट हटाउने प्रतिज्ञा गरेका थिए ।

रोमानियामा युरोपेली संघका सबैभन्दा बढी गरिबीको जोखिम भएका व्यक्तिहरू बसोबास गर्छन् ।

चुनावको अन्तिम परिणाम राजधानी बुचारेस्ट र विदेशी मतदाता रहेका क्षेत्रको गणनापछि घोषणा हुने बताइएको छ ।
 

सम्बन्धित समाचार