च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीलाई बीसीसीआईले ५८ करोड भारु पुरस्कार दिने

11.6k Shares

काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफीको विजेता भारतीय टोलीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई) ले नगद पुरस्कार घोषणा गरेको छ । बीसीसीआईले भारतीय टोलीका लागि ५८ करोड भारु पुरस्कार घोषणा गरेको हो ।

बीसीसीआईका अध्यक्ष रोजर बिन्नीले लगातार आईसीसी उपाधि जित्नु विशेष भएको भन्दै खेलाडी र टोलीका सबै सदस्यको मेहनतको सम्मानमा नगद पुरस्कार प्रदान गरिएको बताउनुभयो ।

गएको मार्च ९ मा दुबईमा भएको च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारतले उपाधि जितेको थियो । भारतीय टोलीले कप्तान रोहित शर्माको कप्तानीमा अपराजित रहँदै उपाधि जितेको थियो । भारतले समूह चरण बङ्गलादेश, पाकिस्तान र न्युजिल्यान्डलाई हराएको थियो भने सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै फाइनलमा पुगेको थियो ।

यो भारतको लगातार दोस्रो आईसीसी उपाधि थियो । यसअघि भारतले सन् २०२४ को टी–२० विश्वकप जितेको थियो ।

सम्बन्धित समाचार